Friday, 2 October 2009

कुकुर को पुच्छर (Dog's Tail)

३ अक्टोबर २००९ ,
हाम्रो आगनी बाट दशैं ले भर्खर मात्रै बिदा लिएको छ भने दीपावली (भाई टिका ) देउसी भैलो खेल्न तयारी गर्दै छ । यसै प्रसंग मा मलाई कुकुर तिहार को याद आयो अनी कुकुर को पुच्छर कस्तो रमाइलो १२ साल ढूङ्ग्रा मा हाले पनी कुकुर को पुच्छर बांगा को बाङ्गै। होइन होइन मैले यो उखान किन जोड़न खोजे को भने हामी भीत्र के यस्तो बिषेष्ता छ जस ले गर्दा बिदेश मा पनी हामी राजनीती अनी जातनिती ले पट्कै नछाड्ने। हुन त बेलायत बसेर नेपाल को राजनीती चलाउंन खोज्ने, नेपाल बाट भान्ग्रे नेता बोलाएर तिन्कै साडी र कट्टु को बखान गरेर बेलायत मा नेता बन्ने अभिषप्त्त राखने महाशय हरु को पनी कमी छैन। हुन त कति को राजदूत हुने दाऊ होला, कति को नेपाल मा आफ़न्त लाई जी.एम वा सरकारी जागीर खुबाउंने दाऊ होला। तर कृपया तपाईहरु को दाऊ ले हामी नेपाली लाई यो बिदेशि भूमि मा बिभाजित नगर्दा नै राम्रो हुने थियो। यदि होइन भने हामी यती थोरै नेपाली लाई एउटै NRN काफी छैन र? के का लागी हामी दश टुक्रा मा बडिनु ? किन चाहियो राजनीती र जातनिती ? हामी नेपाल लाई माया गर्ने मात्र नेपाली हौ। यदि नेपाल को चिन्ता भएर नै हो भने नेपाल मै बसेर राजनीती गर्दा हामी लाई बिदेश मा बाडिनु पर्ने थिएन ।
नजिक आई रहेको दीपावली को शुभकामना भन्दै यो कुकुर तिहार देखि हाम्रा भान्ग्रे नेता का भरिया हरु को पनी पुच्छर सीधा हुने आशा राख्दै सबै बेलायत बासी नेपाली लाई NRN को ब्यानर मा लामबद्ध हुन अनुरोध गर्दै हामी लाई बिदेश मा पनी राजनीती र जातनिती को नारा ले बिभाजन गर्न खोज्ने साथी हरु लाई पबित्र मन ले एकताबद्ध हुनुहुनेछ भन्ने आशा छ।