Friday, 16 October 2009

तिमी ठुली भएकी छौ रे !!!

सुनेको छु तिमी ठुली भएकी छौ रे ।
देख्दै मात लाग्ने तरुनी भएकी छौ रे ।
मलाई दीइसकेको मन अन्तै साटेकी छौ रे ।
तिम्रो छाडेको केश मलाई राम्रो लाग्थ्यो
त्यसैले अर्काको लागी आजकल बाटेकी छौ रे।
मेरो अगाडी ठीक्क बनी,
मेरो पछि अर्काकै हात समाएकी छौ रे।
मलाई छाडेपछी त आजकल ,
सड़क मै आफुलाई बेच्न थालेकी छौ रे ।

पहिलो भेट (धाराबाहिक कथा) - भाग-२

" बिदेशी भूमि छिरेको पनी १० बर्ष नाघीसकेछ।" कुमार मनमनै फुस्फुसायो। "अरु बेला जे जस्तो भए पनी चाडबाडको बेला मा आफ़न्तको याद ले सताउने।" प्रेरणा गुनासो गर्दैथीइन। उनीहरुलाई एउटै चिन्ता छोरा छोरी ले आफ्नो सस्कृति अनी सस्कार बिर्सने हुन की भन्ने छ। आफ्नो जन्मभूमि र इस्टमित्र संग टाडा हुनुको पीडा त छदैछ। आज सुक्रबार बाहिर बाटो अनी रेस्टुरेंट मा निक्कै चहलपहल छ। केटीहरु छोटो लुगामा उत्तेजक बनेर हिडीरहेका छन भने केटाहरु उनीहरुलाई फकाउने प्रयास गर्दै छन। हफ्ताभरी काम गरेयो अनी सुक्रबार र शनिबार सबै पैसा सक्यो। न चिन्ता न परिवार १८ बर्ष भएपछि अभिभाबक ले बोल्नै नपाउने। कुमारलाई अझै याद छ एउटा स्पेलिंग गल्तीगर्दा अंग्रेजी सर ले गोर्खे लौरी तेर्साएको। बस्ने घर देखि काम नापाउदा खान दिने जीम्मा सरकारले लिए पछि हुन पनी कीन चिन्ता मानीरहनु।
"कती घर मै बसी रहनु हामी पनी जाऊ क्लब।" प्रेरणा को आग्रह कुमार लाई पनी ठीकै लाग्यो आज सम्म उनिहरु क्लब गएका छैनन। उनिहरु शहरको ठुलो क्लब मा गए सबै चर्को संगीतको धुन संगै नाचिरहेका छन। सबै को हातमा गिलास छ। रक्सी ले मातेका केटीहरु लगभग नाँगै छन भन्दा हुन्छ। उनीहरुपनी बीयर किनेर पीउन थाल्छन। यतिकैमा एउटी गोरिनी केटी कुमार लाई अंगालो हाल्न आइपुग्छे। प्रेरणा को अगाडी कुमार लजाउछ तर केटी संगै नाच्न अनुरोध गर्छे। प्रेरणा ले स्वीकृति मूलक टाउको हल्लाएपछी कुमार गोरिनी संग नाच्न जान्छ। केटी कुमार लाई छातिमा कसेर नाच्न रमाइलो मानिरहिछ। कुमार लाई असहज लागीरहेछ केटी ले आफु लाई त्यसरी दलेको। कुमार लाई पत्तै थिएन प्रेरणा पनी गोरे केटा संग नाचिरहेको। केटी ले कुमार लाई बेस्सरी समाउछे अनी मुखमा चुम्बन गर्दै बिस्तारै फुस्फुसाउछे " प्रिय त आज को रात म संग जान सक्छस ?"
कुमार मनमनै सोच्छ सायद केटा ले पनी प्रेरणा संग यस्तै सोधी रहेको होला। यता केटी भने उसलाई एक रात को लागी जान अनुरोध गर्दै थी।
(अब के होला? बांकी अर्को शनिबार )