आजदेखि शुरू भएको महिला हिंसा बिरुद्ध को १६ दिने अभियान लाई सफल बनाउन नेपाल सरकार ले प्रधानमंत्री को मातहत मा रहने गारी एउटा फ़ोन सञ्चालन गरेको सुन्न पाऊदा खुशी नै लाग्यो। नहुनु भन्दा अलीकती भए पनी केही हुनु राम्रै हो। नारी लाई आफ्नो सहयात्री नभई दासी वा आफ्नी सम्पति को रुपमा हेर्ने नेपाली समाज र हाम्रो सोच २१ औ सताब्दीको बैज्ञानिक र स्वोतन्त्र समाजको लागी लज्जास्पद धब्बा हो भन्दा फरक नपर्ला।
नेपाली समाज लाई हेर्ने हो भने नारी स्वोतन्त्रता को बारेमा चर्को भाषण गरेर नथाक्ने नेता कै घरमा नारी उत्त्पीडन का प्रसस्त घटनाहरु बाहिर नाआएका होइनन। २१ औ सताब्दी को सबै भन्दा लाजमर्दों त घरमा श्रीमती हुदा हुदै या त छोरा नापएको वा दाइजो को आरोपमा, या त कम पढेकी, कुरूप, अपांग वा अगतिलो बानी ब्याबहार, परिवार संग घुलमिल हुन नसकेको आदि लान्छना मा एउटी नारी या त चुपचाप सौता वा सम्बन्धबिच्छेद जस्तो ठुलो आघात सहन बाध्य हुनु अनी उनीहरु माथी न्याय गर्ने जिम्मेबारी बोकेको सरकार र न्यायपालिका पुरूषप्रधान नेपाली समाज मा लाचार भैदिनु ले हामी अझै १८ औ सताब्दी कै मानसिकता बोकेर हिडिरहेको आभाष दिने प्रसस्त ठाउ छन।
पश्चिमा मुलुकमा जस्तो, बाबु आमा बिच सम्बन्ध बिच्छेद भएमा सरकारले बच्चा र आमा को जिम्मेबारी नलिने हाम्रो जस्तो मुलुक मा सोझै अनुमान गर्न सकिन्छ त्यसपछि बच्चा र नारी को स्थिति के होला। कतिपय पढ़े लेखेको बर्ग वा आफु लाई सामाजिक कार्यकर्ता भन्न रुचाउनेहरु खुलेआम मेरो घरमा त पूर्ण नारी स्वतंत्रता दिएको छू भन्न लाज मान्दैनन यानेकी यो उनीहरुको पेवा हो तर उनीहरु यो मान्न तैयार छैनन स्वतंत्रता सबै को जन्मसिद्द अधिकार हो।
हाम्रो समाजमा एउटी नारी बच्चा मा बाबु आमा को, युबा अबस्थामा लोग्नेको अनी बुढेस कालमा छोराको नियंत्रणमा जिउनु पर्ने बद्देता हाम्रो पुरूष प्रधान समजले अघोषित रुपमा बनाएको छ। २१औ सताब्दिमा बिभिन्न बहानामा एउटी श्रीमती हुदाहुदै सौता हाल्ने वा मनगणन्ते बहाना बनाएर सम्बन्ध बिच्छेद गर्ने र नारी लाई हेर्ने सामाजिक संस्कार मा परिबर्तन नगर्दा सम्म प्रधानमंत्री को कार्यलय मा राखिने एउटा फोन ले कती नारी लाई न्याय दिन सक्ला ? सबैभन्दा ठुलो कुरा त महिला सम्बन्धी कानून लाई प्रभाभशाली कार्यन्बयंन हो जस का लागी हामीभीत्र मनोक्रान्ति अनी समाज मा सामाजिक र सांस्कृतिक क्रान्ति को जरुरी छ।
हालसालै नेपाल प्रहरी भीत्र आफ्नै महिला सहकर्मी माथी भएको बलात्कार को घटना होस या श्रीमान ले सौता हालेर न्याय नपाएका घटना होस वा आफंन्त बाट बेचिनु परेको घटना किन नहोस हिंसा महिला माथी नै भैरहेको छ र हामी लाचार बनेर हेर्न बाहेक केही गर्न सकिरहेका छैनौ भने सरकार यस्ता घटना बाहिर ल्याउनै खोजीरहेको छैन। त्यसकारण पनी यस्ता बिकृति को निबारण र महिला माथी हुने हिंसा बिरुद्द समाजमा परै बाट गनाउने तेस्ता जिबहरु लाई सामाजिक बहिस्कार गर्नु जरुरी छ र यो नै समस्या को दीर्घकालीन समाधान हुन सक्दछ ।
