Saturday, 7 November 2009

पहिलो भेट-भाग ५ (धाराबाहिक कथा)

धेरै हिम्मत भएकी नारीको रुपमा साथीहरु बिच चिनिने प्रेरणा, कुमार को बारेमा यो ख़बर ले कमजोर देखिइन। उनले कुमार को अफिस अगाडी कार रोकिन अनी भीत्र पसेकी मात्र थीइन कुमार का सबै सहयोगी उनलाई स्वागत गर्न लाइन लगेर बसेका थिए। उनको मन चिसो भएर आयो। एक जनालाई सोधिन " के म तपाई को मेनेजर संग कुरा गर्न सक्छु?" अनी एक जनाले उनलाई एउटा कोठा मा लाग्यो जहाँ कोही थिएन अनी त्यो मान्छे प्रेरणा लाई बस्ने आग्रह गर्दै बाहिरियो। केही समय पछी मेनेजर भीत्र आए अनी प्रेरणा ले कुमार को दुर्घटना को बारेमा सोधिन तर मेनेजरले आफु लाई केहिपनी थाहा नभएको बताएपछी प्रेरणा हताश हुदै बाहिर निस्केकी मात्रै के थीइन कुमार हातमा चियाको कप लिएर आउदै थियो अनी प्रेरणा को पछी बाट कुमारका साथीहरूले भन्दैथिए "हैप्पी अप्रील फूल मेम"
"मई गड दिस इज अप्रील फूल , यु गाइज आर क्रेजी" भन्दै प्रेरणा कुमार लाई अंगालो हाल्न पुगीन अनी सबै जना मिठो हाँसो हांसे।