दीदी बहिनीको यादले सतएको बेलामा,
आँखा भरि आँसु छल्किएको छ ।
रुवाइका हिक्काहरु को गाँठो परेको बेला,
दशैँको पीडा सकेर हिजो आज यो तिहार फेरी,
बहिनी तिम्रो याद दिलाउन देउसी भैलो खल्दै भित्रिएको छ ।
बिदेशको पीडाभरि दुखिरहेको मनहरुमा
हरेक तिहारहरुमा सयपत्री र मखमली
मन भित्रै ओइलाईरहन्छ।
सम्झिएर आफ्ना दीदी बिहानीहरुलाई
पुर्ब दिशा फर्काएर राखिएको गलैचा माथि
दाजुभाई पलेटी कसेर बसेको
यमराजलाई बाटो छेक्न, दैलोमा ओखर फुटाएको आवाज
कानमा प्रतिध्वनि बनेर गुन्जिरहेको छ
हरियो गोबर ले लिपेको भुइमाथी रेखीले कोरीएका बुट्टाहरु ,
थालीमा सप्तरङगी टीका,
अनी रङगाइएका कलशहरु,
किस्तिभरीका किसमिस सँगैसेलरोटी र मिठाई स्वादहरु,
ढाकीभरि चुलिएका सयपत्री र मखमलीका माला हरु,
राष्ट्रियता झल्काउने ढाकाका टोपीहरु,
आफनोपनको न्यानोमाया झल्काउने,
गलैको गलबन्दी म कसरी बिर्सनु,
अनुभूतिहरुमा यो तीहार दुखी रहे पनि
दीदी बहिनिका आर्शिबादका बर्षाहरु,
आरोग्य र दीर्घायुका भेलहरु भाबना संग सजाउदै
कार्डिफ वरीपरी छरिएका नेपाली दीदी बहिनिहरुलाई तिहार को शुभकामना !!!
Thursday, 22 October 2009
Subscribe to:
Comments (Atom)
