१५ मार्च २०१० बेलायत,
कार्डिफ र वोरपर बसोबास गर्ने नेपाली हरु बिच ब्रिहत भेटघाट र भोज कार्यक्रम सम्पन्न भयो। बिशेष गरी मेडिकल र इंजीनियरिंग फील्ड मा कार्यरत नेपालीहरुको यो भेला रमाइला जोक्स अनी नेपाली उखान टुक्का को साथमा स्वादिस्ट नेपाली खाना ले कार्यक्रम लाई अतिनै रोचक बनाएको थियो।
सानासाना नानी बाबुहरू नेपाली भाषा सिक्न निक्कै लालाइत देखिन्थे। अभिभाबक लाई कामको बेफुर्सदी ले गर्दा आफ्ना साथिहरु भेट्न उनीहरु लाई यस्तै जमघट कुरनै पर्ने हुन्छ। बच्चाहरु आफ्नै मस्तिमा रमाई रहेका थिए भने अभिभाबक हरु हास्नमै ब्यस्त। डा. जीवन को जोक्स ले सबैलाई हसाएको थियो भने मोक्तान जी को जोक्स ले पेट मिचाई दियो। स्टाफ नर्स शोभा को हसाउने तरीका र जोक्स श्रंखलाबद्ध थियो।
स्टाफ नर्स कला को मिठो मिठो परिकार बनाउने कला र संजीला को गलाको माला निक्कै तारीफ योग्य थियो। अन्त्य मा आयोजक महेश र कला देवकोटा लाई धन्यबाद दिदै अर्को महिना फेरी यस्तै रमाइलो भेलामा भेट हुने बचा गर्दै पार्टी समापन गरिएको थियो ।
