जिन्दगी
संसार देख्ने आश देखाउदै,
ममतामयी आमाको स्नेही न्यानो कोख खोस्यो/
जवानीको मस्ती को आश देखाउदै,
निर्दोष र लोभलाग्दो बालापन खोस्यो/
शान,मान र दाम देखाउदै,
खुशियालिले भरिपुर्ण जवानी खोस्यो/
स्वर्ग देख्ने आश देखाउदै,
शुन्य शान्त बृद्द अवस्था खोस्यो/
बास्तबमै जिन्दगी ले जिन्दगी नै खोस्यो/
राति २१.४५ बजे, सन् 19/10/2015
तदअनुशार ३ कार्तिक २०७२
होज हाउस
कार्डिफ
