(हरेक सनिबार धाराबाहिक कथा 'पहिलो भेट' प्रकाशित गर्दै जानेछौ )
उसले प्रेरणा को कोमल हात समायो अनि त्यो एकान्त कोठा मा उनका औलाहरुमा एउटा चुम्बन गरेको मात्र के थियो प्रेरणा पानी पानी भइन। अनायासै दुबैका दिल तेजसंग धड्किन थाले। सजिलै अनुमान गर्न सकिन्थ्यो त्यो तातो बाताबरणको। यतिकैमा उनीहरुलाई होटलको कोठामा भेटने बाताबरण मिलाईदिएर बाहिर बसेका साथी प्रकाश र गोमा को कोठा मा प्रबेश संगै उनिहरु बिच तातेको राप हीऊ जस्तै चिसो भएर सेलाउछ।
"दुबै लाई एक अर्को कस्तो लाग्यो त?" गोमा को प्रश्न संगै दुबै ले टाउको स्वीकृति दिदै हल्लाउछन। कुमार लाई अझै पनी याद छ उसको र प्रेरणा को पहिलो भेट यसरी नै भएको थियो। परिवार को जेठो छोरा, भाईहरुले प्रेम बिबाह गरेकाले र जेठो छोराको बिबाह गर्न बाकी भएकोमा चिन्तित बुवा आमा को जन्ति जाने इच्छा पुरा गर्नु उसको दाइत्वो बनेको थियो।
देख्दैमा लोभ लाग्दी सुन्दर प्रेरणा लाई नै आफ्नो जीबन साथी बनाउने कुमार ले प्रण गरिसकेको थियो। प्रेरणा का बुवाले छोरीको फोटो र एउटा चिठ्ठी दिएर होस्टल बसेर नर्सिंङ पढ्दै गरेकी अफनी छोरी संग बिबाह को अनुमति लीन अनि एक अर्को लाई हेर्न पठाएका थिए। केटा र केटी को स्वीकृति भएपछी बिबाहको कुरा अगाडी बढन के बेर भयो र। भन्छन नी "मिया बिबी राजी तो क्या करेगा काजी" यस्तै भयो उनिहरु को जिबनमा पनी। प्रेरणा की आमा लाई त्यति मन परेको थिएन भने बुवा लाई भने मन परेको थियो कुमार । प्रेरणा ले सम्झाएपछी आमा मान्नु भएको थियो।
आज १२ साल बितिसकेछ प्रेरणा र कुमार को मुटु साटिएको। समयका कैयौ उकाली ओराली अनी सुख दुख पार गर्दै बिदेशी भूमीलाई आफ्नो कर्म भूमी बनाएका उनिहरु एक अर्का लाई आफ्नो बनाउंन पाएकोमा भाग्यमानी सम्झंन्छ्न। आफ्ना सन्तानको हसिलो अनुहार हेर्दै दुबै फिस्स हांस्छन।
क्रमस:
Friday, 9 October 2009
Subscribe to:
Comments (Atom)
