Friday, 12 November 2010

कार्डिफ का लर्ड मेयर संग भेटघाट

पछाड़ी लाइन रामचन्द्र पोखरेल, महेश देवकोटा, बीर बहादुर गुरुंग, रबिन्द्र तुम्बाहाम्फेशिबजी श्रेष्ठ
तलको लहरमा श्री र श्रीमती कीथ हाइड र श्री र श्रीमती चित्र बहादुर राइ
कार्डिफ ,
कार्डिफ सिटी का लर्ड मेयर श्री कीथ हाइड र वेल्स नेपाली समुदाय का पदाधिकारी बिच छलफल तथा चियापान समारोह सम्पन्न भयो। लर्ड मेयर ले नेपाली परंपरा र संस्कृति प्रति निकै चासो का साथ शोधपुछ गर्नुभएको थियो। नेपाली चिनो स्वोरूप समुदाय ले कोथा खुकुरी लर्ड मेयर लाई उपहार प्रदान गरेको थियो। उक्त अबसरमा वेल्स नेपाली समुदायका पदाधिकारी हरु श्री र श्रीमती चित्र बहादुर राइ, श्री रामचन्द्र पोखरेल, श्री महेश देवकोटा, श्री शिबजी श्रेष्ठ , श्री बीर बहादुर गुरुंग र श्री रबिन्द्र तुम्बाहाम्फे ज्यू को उपस्थिति थियो।
नेपाली को चिनो खुकुरी उपहार प्रदान गर्दै श्री चित्र बहादुर राइ ज्यू .