Saturday, 31 July 2010

कार्डिफ मा भिजिट नेपाल २०११ कार्यक्रम सम्पन्न

(कार्यक्रम को भिडियो दांया पट्टी भिडियो बारमा यु टुब लिंक बाट राखिएका छन कृपया हेर्नुहोला।)
बेलायत (कार्डिफ), ३१ जुलाई २०१०,
नेपाली दुताबास यु.के को आयोजनामा सनिबार कार्डिफ स्थित द गेट को सानदार हलमा भिजिट नेपाल २०११ कार्यक्रम भब्य रुपमा सम्पन्न भयो। उक्त अबसरमा कार्डिफ काउन्सिल का प्रतिनिधि तथा कार्डिफ बाट निर्बाचित पार्लियामेंट सदस्य को साथै नेपाली दुताबास यु.के का राजदूत र कर्मचारी को पनी उपस्थिति थियो। कार्डिफ र नजिक बस्ने नेपाली हरुको पनी बाक्लो उपस्थिति रहेको सो कार्यक्रम मा कला देवकोटा, सबिता भट्टराई र शोभा पोखरेल ले तीज को लहर आयो बोल को गीत मा नाच्दा हल नै रोमान्चक बनेको थियो। आधिखोला उर्लेर आयो भन्ने गीत मा साना बाबु नानीहरु प्राजन, प्रान्जील र भिक्टोरिया को नाच ले त सबै को मन छोएको थियो। बैनी संजीता लिम्बू ले म प्यार बेचीं दिन्छु बहार बेचीं दिन्छु बोल को गीत मा नृत्य प्रस्तुत गरेर सबै लाई मंत्रमुग्ध बनाईंन भने ब्रेकन बाट गोर्खा आर्मी को खुकुरी नृत्य ले सबै लाई जुरुक जुरुक बनायो।
कार्यक्रम को अंत्यमा दुताबास ले कार्डिफमा बसोबास गर्ने नेपाली परिवार को सहयोग को सराहना गर्दै स्वादिस्ट गोर्खा करी अनी नेपाली भोजन को साथ मा कर्यक्रम समापन भयो।
तीज को लहर आयो (कला, सबिता र शोभा)
शोभा पोखरेल, सबिता भट्टराई र कला देवकोटा तीज को गीत मा आफ्नो कला प्रस्तुत गर्दै
भिक्टोरिया , प्राजन र प्रान्जिल को आधिखोला उर्लेर आयो गीत मा नृत्य
इमी रजक नेपाल बारे आफ्नो अनुभब राख्दै
संजीता लिम्बू आफ्नो कला प्रस्तुत गर्दै
गोरखा साथी हरु आफ्नो खुकुरी नाच प्रस्तुत गर्दै
नेपाल घुमेर आएका इमी रजक ले कार्यक्रम मा नेपालको बारेमा बोलेका थिए। उनी मेरा घनिष्ट मित्र पनी हुन।

Thursday, 29 July 2010

शुभकामना डा.ज्योति खडका लाई !

डा.ज्योति खडका प्रसन्न मुद्रामा
बेलायत , कार्डिफ,
कार्डिफ नेपाली परिवार एउटा अर्को खुशी मा सरिक हुन पाएको छ र त्यो खुशी को बहार आउनु को कारण हो ज्योति खडका को पी.एचडी उपाधि। अब उहाँ डा.ज्योति खडका हुनुभएको छ। कार्डिफ नेपाली परिवार यस खुशी मा सहभागी हुदै डा.ज्योति खडका लाई धेरै शुभकामना सहित आउदा दिन हरुमा पनी सफलता ले साथ दिदै जाओस हाम्रो शुभेच्छा ।
कार्डिफ बिश्वबिध्यालय बेलायत का टप १० मा मानिन्छ र डा.ज्योति खडका ले यसै बिश्वबिध्यालय बाट आँखा बिज्ञान मा बिद्यावारिधी गर्नु भएको हो। नेपाल मा भक्तपुर निबासी डा.खडका यस बिश्वबिध्यालय बाट बिद्यावारिधी गर्ने पहिलो नेपाली हुनुहुन्छ। डा.खडका एक श्रीमती र एक छोरा का साथ कार्डिफ बस्दै आउनु भएको छ।
डा.खडका र श्रीमती खडका
ख़ुशी को पलहरु, कार्डिफ नेपाली परिवार डा.खडका संग
कार्डिफ नेपाली परिवार एक अर्का को ख़ुशी मा रमाउने हाम्रो परम्परा