१
बाटो दिएउ तिमीले, मैले हिडन सिंके,
ममता दिएउ तिमीले, म त मैन भई पग्लिएँ।
जलें आफै भित्र तर उज्यालो त दीइरहें,
पग्लिएँ त के भो अर्को स्वोरुपमा फैलिरहें।
२
म सधै ऋणी छु तिम्रो छहारीको,
लाग्छ अधुरो छ यात्रा तिमीबिनाको ।
न दुखाएउ कसैको मन, न त पिडा दिएउ,
आत्मियता बाँडेर बाँच्न तिमीले नै सिकाएउ।
३
बाटो सकिएर के भो, भुल्ने छैन सहयात्रा,
भो हात हल्लाउदिना किन भन्नु अलबिदा ।
उचाई दिएउ तिमीले म त हिमाल झैँ अग्लिरहें,
बाटो दिएउ तिमीले म त हिडिरहें !! म त हिडिरहें !!!
***************
*******
१३ अप्रिल २०१२ बिहानीपख २:४०
होच्ज हाउस, सिटि सेन्टर, कार्डिफ

