Monday, 19 October 2015

जिन्दगी 

संसार देख्ने आश देखाउदै,
ममतामयी आमाको स्नेही न्यानो कोख खोस्यो/
जवानीको मस्ती को आश देखाउदै,
निर्दोष र लोभलाग्दो बालापन खोस्यो/
शान,मान र दाम देखाउदै,
खुशियालिले भरिपुर्ण जवानी खोस्यो/
स्वर्ग देख्ने आश देखाउदै,
शुन्य शान्त बृद्द अवस्था खोस्यो/
बास्तबमै जिन्दगी ले जिन्दगी नै खोस्यो/
 
 
राति २१.४५ बजे, सन् 19/10/2015
तदअनुशार ३ कार्तिक २०७२ 
होज हाउस 
कार्डिफ  
 
 

Tuesday, 13 October 2015

बडा दशै २०७२ को सम्पुर्ण कार्डिफ, यु. के निबासी नेपाली तथा बिश्वभरी छरिएर रहनुभएका समस्त नेपालीजन मा कार्डिफ नेपाली परिवार (CNF) हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ/