नआउने ठाउ मा आए जस्तो लागिरहेको थियो प्रेरणा र कुमार लाई यतिकैमा कुमार ले प्रेरणा लाई बाहिर निस्कन संकेत गर्छ। दुबै बाहिर निस्केपछि यसो बोर्ड मा हेरेका त क्लब सिंगल हरु को लागी पो रहेछ। क्लब का सबै जाना आफ्नो जोड़ी खोज्न आएका रहेछन। रातको १२ बजिसकेका ले दुबै जाना घर फर्किन्छन। "हामी संस्कार अनी पूर्बिया कल्चर मा हुर्केका हरुलाई नहुने रहेछ हजूर यस्तो ठाउ।" प्रेरणा कुमार संग गुनासो गर्दै थिइन। "हो त हाम्रो आफ्नै चिनारी र हामी अनुशासित छौ।" कुमार सहमति जनाउछ प्रेरणा को कुरामा। भोली काममा जानुपर्ने भएकाले निंद्रा देबी को शरणमा पर्छन। भोली फेरी दैनिक रूटीन शुरू हुन्छ। उही त हो नि काम, घर अनी छोरा छोरी बिदेशको ठाउ सहयोग गर्ने कोही छैन सबै आफै मिलाउनु पर्छ। "नेपालमा बाबा आमा लाई नाती नतिना खेलाउने कत्रो रहर एता हामी लाई भ्याइनभ्याइ" कुमार सोच्दासोच्दै निदाई सकेछ।
क्रमस.........अर्को शनिबार ।
क्रमस.........अर्को शनिबार ।

अनि अब के हुन्छ...
ReplyDelete