संसारभर छरिएर बसेका नेपाली लाई एउटा सूत्रमा उनेर एकताको संदेश दिन कुनै संगठन को जरुरी थियो र त्यो सूत्र वा मालाको काम एन आर एन ले गरेकोमा संपूर्ण बेदेशीएका नेपालीहरु खुशी र हर्ष का साथ यसमा आबद्ध भएका थिए। म पनी तेस्तै जोस र उमंगका साथ आफू बसेको देशको एन आर एन मा समाहित भएको थिए। मलाई थाहा भए अनुसार यो बिसुद्ध गैरराजनितिक र गैरजातीय संगठन को रूपमा परिकल्पना गरी गठन गरिएको हो। न की एउटा राजनितिक वा जातीय पार्टी। मैले नबुझेको हो की यहाँ को चलन नै यस्तै हो एन आर एन को चुनाब रे कांग्रेस को ग्रुप अनी बाम ग्रुप रे ती पनी यहाँ खोलिएका नेपाल बिगार्ने भांग्रे नेता र तिनका पार्टीका भरियाहरू। यो पटक मिलेको रे तेसैले चुनाब नगरी सबै लाई मिल्ने गरी पद बाडेको रे जसरी नेपालमा भांग्रे नेताहरु जतासुकै जनताको सम्पति बांडेर खाने गर्छन वा पद बिभाजन गर्छन। खै स्वतंत्र र बौद्दिक साथी हरु यो संगठन मा देख्न्न पईएको। किन एन आर एन जून उदेस्य लिएर स्थापना भएको थियो यती लामो समय पार गर्दा पनी पुरा गर्न सकेन। उदार मन भएका उपेन्द्र वा जीबा लामिछाने को प्रयास ले मात्रै एन आर एन ले आफ्नो उदेश्य पुरा गर्न सक्ला?
नेपाल सरकार, नेता को भात पकाएकै भरमा राजदूत बनाएर पठाउछ र राजनितिक उदेश्य बाट अभिप्रेरित भुसतिग्रेहरु बिदेसमा आफ्नो पार्टी को संगठन बिस्तारमा सारा समय बिताउछन। न की देशको सम्बन्ध बिस्तार र आर्थिक सहयोग जुटाउन को लागी।
बेलायतमा नेपाली बिधार्थी को चाप बढ़ी रहेको छ। कतिले निक्कै दुख पाएका छन । के तिनिहरू प्रति हाम्रो कुनै उत्तरदायीत्वो छैन? पद को लागी हानथाप गर्ने महाशयहरु नेपाली ले नै खोलेको कलेज बन्द भएर अलपत्र परेका हाम्रा भाई बहिनी प्रति कस्तो उत्तरदायीत्वो देखाउने हुन हेर्न बांकी नै छ।
कम्तिमा पनी एन आर एन जस्तो पबित्र संस्थामा परैबाट गनाउने नेताहरु का बिदेशका भरियाहरु भन्दा नेपाल र नेपालीप्रति माया भएका स्वतंत्र र बौद्दिक बर्गको नेतृत्व पाऊन सके बिदेशमा नेपाल र नेपालीको इज्यत र छबि राम्रो हुने थियो जस्तो मलाई लग्छ। यसका लागी एन आर एन को बिधानमा खुल्ला रुपमा कुनैपनी राजनितिक वा जातीय पार्टी को भातृसंगठनमा नेपाली नेता का भरिया भएर काम गरिरहेका राजनितिक छबि भएका र एन आर एन लाई राजनितिक रूपमा प्रभाब पार्न सक्ने हुदा स्वोतन्त्र र बौद्दिक जमात लाई यसको नेतृत्वो को जिम्मेबारी दिनेगरी प्राबधान राख्न्नु जरुरी छ। जसले गर्दा एन आर एन लाई एउटा गैरराजनितिक र गैरजातीय संस्था को रुपमा हेर्न सहयोग पुग्नुका साथै बिदेशमा यसको छबि निकै माथि उठने थियो। अन्नेथा म जस्ता कुनै पनी राजनितिक दलको दलाल वा सदस्य नभएको ब्यक्ति एन आर एन मा समाहित हुनु ग़लत हुने छ।

No comments:
Post a Comment