Thursday, 20 May 2010

केही यादहरु नेपाल भ्रमणका

नेपाल जाने खासै योजना नभए पनी छोरीहरु नेपालमा हुनाले र उनीहरुको स्कुल सुरुगर्ने समय भएको ले बेलायत ल्याउनु पर्ने नै थियो र योजना बन्यो नेपाल जाने त्यों पनी सपरिवार। बिरलै हुने घटना यो पटक को मेरो यात्रा मा हुनगयो आइसल्यांडमा ज्वालामुखी बिस्फोट, जसले गर्दा हामी १० दिन दिलोगरी फर्किनु परेको थियो। मुंबई एअरपोर्टको १२ घंटा को बसाई छोरो एअरपोर्ट मै बिरामी परेको अनी १० मिनटमा जेट एअर ले डॉक्टर बोलाएको घटना अबिस्मारणीय हुन गयो। नेपाल टूरिजम बोर्ड का भुसाल जी को मिठो स्वागत र पोस्टर ले मेरा ब्रिटिश साथी हरु को मन निकै लोभ्यायो। रेडियो त्रिवेणी का प्रकाश जी प्रति आभार प्रकट गर्न चाहन्छु।

No comments:

Post a Comment