Sunday, 26 September 2010

शुभकामना ! बडा दशैं २०६७ को मंगलमय शुभकामना !!!

आयुद्रोणसुते श्रीयो दशरथे शत्रुक्षयम राघवे । यैशवर्य नहुषे गतिस्च पवने मनन्च दुर्योधने । । शौर्य शान्तनवे बलम हलधरे सत्ययन्च कुन्तिसुते । । जयन्ती मंगला काली भद्रकाली कपालिनी । दुर्गाक्षमा शिवा धात्री स्वहाँ स्वधा नमोस्तुते ।
बडा दशैं २०६७ को पावन अवसरमा देश विदेशमा रहनुभएका समस्त नेपालीहरुमा बेलायत बाट कार्डिफ नेपाली परिवार सुख, शान्ति, समृद्धिको एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौ। हजूर को दशैं शुभ बनोस कार्डिफ नेपाली परिवार को कामना।

Sunday, 12 September 2010

WNC को दोश्रो समर पार्टी


१४ अगस्त २०१०,कार्डिफ,
YK Pub को बगैचा बिहानै देखि सजी सजाऊ र चहलपहल थियो। WNC का जुझारू हातहरु आगो बाल्ने र खाने कुरा पकाउने काम मा लागिपरे का थिए। घडिले १० मात्र के बजाएको थियो कार्डिफ र वोरपर बसोबास गर्ने नेपाली हरुको आगमन शुरू हुन थालीहाल्यो। सबै जना बिदेशी भूमिमा नेपाली परिकार अनी गीत को मज्जा लीइरहेका थिए । आर सी पोखरेल को उद्घोषण, महिला र बालबालिका हरु को Musical Chair र नेपाल टूरिज्म बर्ष २०११ का कलाकार हरु लाई प्रसंसा कार्ड बितरण ले कार्यक्रम रोचक बनाएको थियो।
महिला तर्फको Musical Chair संजीला पाण्डे खडका ले जित्नु भयो भने बालबालिका तर्फ को आभाश देवकोटा ले जितेका थिए।
नेपाल भ्रमण बर्ष २०११ का कलाकार हरु सबिता भट्टराई, कला देवकोटा, शोभा पोखरेल, प्राजन + प्रान्जिल पोखरेल, भिक्टोरिया के सी , संजीता लिम्बू र Brecon Army Camp का साथिहरु लाई खुकुरी नाच का लगी श्री चित्र बहादुर राइ ले प्रसंसा कार्ड बितरण गर्नु भएको थियो।
संयोगबस बाबु आभाश देवकोटा को जन्मदिन पनी परेको ले बाबु आभाश लाई शुभ कमाना दिदै केक पनी काटिएको थियो भने आभाश को जन्म दिनको खुशीयाली मा समर पार्टी का लागी देवकोटा परिवार बाट २० के जी चिकेन प्रदान भएको थियो।
राती १० बजे सम्म नाच गान पछि दोश्रो समर पार्टी सकिएको थियो ।

हेर्नुस है मेरो नाच (चित्र दाजू को गौरब )

के सी र देवकोटा जोड़ी

मैले जीते (आभाश को ख़ुशी)

मैले जानेको छू खेलाउन (ज्योति भाई को चुरीफुरी )

चित्र दाजू ले खिची दिएको यो फोटो

सबै जना आ-आफ्नै धुन मा



जन्म दिन को शुभ-कामना आभाश देवकोटा लाई

लौ न हाम्रो फोटो खिची दिनुस (महिला Musical Chair )

सबै नाच्न ब्यस्त