YK Pub को बगैचा बिहानै देखि सजी सजाऊ र चहलपहल थियो। WNC का जुझारू हातहरु आगो बाल्ने र खाने कुरा पकाउने काम मा लागिपरे का थिए। घडिले १० मात्र के बजाएको थियो कार्डिफ र वोरपर बसोबास गर्ने नेपाली हरुको आगमन शुरू हुन थालीहाल्यो। सबै जना बिदेशी भूमिमा नेपाली परिकार अनी गीत को मज्जा लीइरहेका थिए । आर सी पोखरेल को उद्घोषण, महिला र बालबालिका हरु को Musical Chair र नेपाल टूरिज्म बर्ष २०११ का कलाकार हरु लाई प्रसंसा कार्ड बितरण ले कार्यक्रम रोचक बनाएको थियो।
महिला तर्फको Musical Chair संजीला पाण्डे खडका ले जित्नु भयो भने बालबालिका तर्फ को आभाश देवकोटा ले जितेका थिए।
नेपाल भ्रमण बर्ष २०११ का कलाकार हरु सबिता भट्टराई, कला देवकोटा, शोभा पोखरेल, प्राजन + प्रान्जिल पोखरेल, भिक्टोरिया के सी , संजीता लिम्बू र Brecon Army Camp का साथिहरु लाई खुकुरी नाच का लगी श्री चित्र बहादुर राइ ले प्रसंसा कार्ड बितरण गर्नु भएको थियो।
संयोगबस बाबु आभाश देवकोटा को जन्मदिन पनी परेको ले बाबु आभाश लाई शुभ कमाना दिदै केक पनी काटिएको थियो भने आभाश को जन्म दिनको खुशीयाली मा समर पार्टी का लागी देवकोटा परिवार बाट २० के जी चिकेन प्रदान भएको थियो।
राती १० बजे सम्म नाच गान पछि दोश्रो समर पार्टी सकिएको थियो ।

हेर्नुस है मेरो नाच (चित्र दाजू को गौरब )

के सी र देवकोटा जोड़ी

हेर्नुस है मेरो नाच (चित्र दाजू को गौरब )

के सी र देवकोटा जोड़ी

मैले जीते (आभाश को ख़ुशी)

मैले जानेको छू खेलाउन (ज्योति भाई को चुरीफुरी )









No comments:
Post a Comment