१
न म तिम्रो ह्रदय मा बास बस्ने राजकुमार ,
न म तिम्रो धड़कन संगै धड़कीने याद,
म त केबल चोटै चोट बनाई,
तीमीले प्रयोग गरी मील्काएको पागल।
२
न म मेरो यादमा तीमीले बगाएको आँशु,
न म तिम्रो हृदयको ढुकढूकी,
म त तीमीले चिन्न नसकेको आत्मा,
बलेर आगो भै सेलाएको खरानी ।
३
न म तिम्रो ओठ मा गुनगुनाउने मिठो गीत,
न म तीमीलाइ नचाउन सक्ने सुमधुर संगीत,
म त तिमीले बजाउन छाडेको,
बिणा को चुडीएको तार ।
४
न म तिम्रो जीबन को सफल कथा,
न म तिम्रो मन को सुन्दर कल्पना,
म त तिमीले पढनै छाडेको,
तिम्रो कथा को एउटा असफल पात्र।
अस्तु
Sunday, 4 October 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment