नारोऊ मेरी बहिनी माईती टाढा भयो भनेर,
अतीतका यादहरु सजाउदै तिम्रो दाजू पर्खिरहेछ।
सप्तरंगी टिका अनी सयपत्री रोप्दै गर बहिनी ,
तिम्रो दाजू एक दिन अबस्य आउनेछ टिका थाप्न।
हसिदेऊ तिहार तीमी मेरो अनुपस्थितिमा,
मिठो हाँसो बनेर मेरो दिदि बहिनी को ओठमा।
शन्देश दिदै फक्रीदेऊ सयपत्री अनि गोदाबरी तिमि,
हाँसेकै छ, बाँचेकै छ तिम्रो माइती यहि संसारमा भनेर।
जुन पनि उनै हुन घाम पनि उनै,
तिम्रो मईती भेटेथे भनिदेउ मेरो चेलीलाई।
हामीलाई छुटाउने महासागर भनिदेउ,
तिम्रो माइती पल्लो किनारमा छ भनेर।
Wednesday, 7 October 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment