१
मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे,
रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे,
दु:खमा रुनु हुँदैन रे, सुख मा हास्नु हुँदैन रे,
आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे,
जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिलीरहोस
समयले जति नै टाढा पुर्याएपनि अबिरल यादहरु आईरहोस
२
तिमीसँग मैले फूल मागें, तिमीले मलाई भूल दियौ ।
एक चोटि होइन, लाखौं पटक मागें यसै होइन, हात जोडी मागें,
निहुरेर मागें, ढोगेर मागें, मलाई तिमीले श्राप दियौ ।
लेखेर मागें, चिच्याएर मागें, जोगी भै मागें अनि भोगी भै मागें,
तिमीसँग मैले रोगी भै मागें ।
उपहास दियौ, अन्धकार दियौ, अब कहिल्यै नखुल्ने ढोका दियौ,
तिमीले मलाई धोका दियौ ।
Subscribe to:
Post Comments (Atom)

very true
ReplyDelete