Wednesday, 30 December 2009

क्रिसमस तथा नयाँ बर्ष २०१० को शुभ कमाना आदानप्रदान!!!

बेलायत, कार्डिफ /
कार्डिफ नेपाली परिवार ले यस बर्षको क्रिसमस तथा नयाँ बर्ष भब्यताका साथ मनायो। आफ्नो संस्कृति र परम्परा को जगेर्ना गर्दै अरुको संस्कृति र परम्पराको सम्मान गर्ने उदेश्य ले यो कार्यक्रम को आयोजना गरिएको थियो। बेलायतको ब्यस्त जीबन शैली लाई मध्यनजर गर्दै कार्यक्रमहरु रातीको समयमा आयोजना गरिएको थियो। बिशेष गरी साना नानी बाबुहरूले यस्ता कार्यक्रम बाट आफ्नो समुदाय संग सामाजिकीकरण हुने अबसर पाउने हुदा पनी कम्तिमा हप्ता को एक चोटी यस्तो कार्यक्रम को आयोजना गरेर नेपाली भाषा को जानकारी दिनुपर्ने महसुश सबै अभिभाबक ले गरेको पाइयो।
क्रिसमस तथा नयाँ बर्ष को मिठो मिठो नेपाली ब्यंजन तथा अंग्रेजी परिकार सहित को भोजले सुन मा सुगन्ध थपेको थियो भने बिभिन्न मितिमा अनी अलग अलग ठाऊ मा गरिएको भोजको बिबिध स्वाद ले अनेकता मा एकता थपेको थियो।
२५ डिसेम्बर को भोज :
शोभा + आर.सी पोखरेल को आयोजना मा क्रिसमस डिनर सहितको भोज आयोजना भएको थियो। उक्त अबसरमा शुद्ध अंग्रेजी परिकार सहित को स्वादिस्ट भोजन तारीफ योग्य थियो। शोभा तथा आर.सी पोखरेल ज्यू लाई हामी सबैको तर्फ देखि धन्यबाद ।
२९ डिसेम्बर को भोज :
कला + महेश देवकोटा को आयोजनामा क्रिसमस तथा नयाँ बर्षको एकमुस्ट भोजको आयोजना गरिएको थियो। बिशेष नेपाली परिकार सहित को खाना ले खाना का पारखी साथी हरु लाई उत्साहित बनाएको थियो।
१ जनवरी २०१० को भोज :
संजीला + ज्योति खड्का को आयोजनामा नयाँ साल को नयाँ दिन धूमधाम संग तास खेलेर मानियो।संजीला को हातको खाना चिकन कोफ्ता र मटन कबाब तारीफ योग्य थियो। नयाँ बर्ष को भरपूर आनंद लिदै बिहान ३ बजे हामी सबै जाना नयाँ बर्ष सफल र प्रगति मूलक रहोस भन्ने कमाना गर्दै बाहिर परिरहेको सेताम्मे हिउ मा आफ्ना पदचाप का निशाना पछाड़ी छोडेर आफ्नो गाड़ी स्टार्ट गर्दै गंतब्य तीर लागियो ।

चियर्स, हैप्पी नया बर्ष २०१०।








हामी सबैको नाम "नेपाली" होइन साथी ?

Saturday, 26 December 2009

अंग्रेजी नया वर्ष २०१० को मंगलमय शुभ-कामना !!!!


अंग्रेजी नया बर्ष २०१० को सुखद अबसरमा देश बिदेशमा बस्नु हुने संपूर्ण नेपालीहरुमा प्रगति एबं सुस्वास्थ्य को मंगलमय शुभ-कामना !!!! Cardiff Nepali परिवार ।
( क्रिसमस र नया बर्ष को पार्टी फोटोहरु अर्को अपडेट मा राख्न्ने छौ )

Thursday, 24 December 2009

क्रिसमस २००९ को मंगलमय शुभ- कामना !!!!


Glitter Graphics - Topglittergraphics

क्रिसमस २००९ को पुनित अबसर मा सम्पूर्ण साथीहरु लाई हार्दिक मंगलमय शुभ- कामना ब्यक्त गर्दै सुख, शान्ति, प्रगति को कामना गर्दछौ.

Saturday, 5 December 2009

अंडा पहिले आयो की चल्ला पहिले?

कुरा म स्कुल पढदाको हो कुखुराको अंडा जेठो की चल्ला? हामी साथी बिच बिबाद नै चल्ने गर्थेयो। कोही अंडा नभई चल्ला हुदैन भन्थे त कोही चल्ला नभई अंडा कसरी हुन्छ भन्थे। यो प्रसंग मैले किन जोड़न खोजेको भने प्रजातान्त्रिक समाजमा को पहिला वा ठुलो जनता वा सरकार? सरकार त जनाताकै भोट ले बनेको हो। यदि यसो हो भने जनता को कर ले कीनेको गाड़ी फुटाउदै हिड्ने अनी कर्मचारी लाई झापड़ लगाउदै हिड्ने मंत्री लाई कुनै कार्यबाही वा सजाय नहुने, कानून को कुनै धारा ले छुदै नछुने। एक छाक खाना, एक सरो लुगा र एक धुर बस्ने ठाउ को माग गर्ने गरीब सुकुम्बासी लाई पुलिस ले गोली चलाई मर्नु पर्ने र उनीहरुलाई बन अतिक्रमण को कानून ले पनी छूने। कस्तो प्रजातन्त्र हामी ले अपनाएका रहेछौ त जहाँ कानून गरीब र निमुखा जनता लाई मात्रै लाग्ने। जनता ले चुनेको र निर्बाचित गरेको सरकार जनता प्रति उत्तरदाई हुनुपर्ने हो तर अफसोस भनौ वा अपबाद यो सरकार भने जनता बाट तिरस्कृत र हरुवा मंडली को भयो । जनता ले यो सरकारका अधिकांस मंत्री हरुलाई चुनेकै हैन ।यी त पार्टी ले टिका लगाएको भर मा जनताले चुनाबमा हराएर पठाए पनी मंत्री भएका हुन। सायद तेसैले होला यो सरकार अफुले कानून पालना गरेर जनता लाई सुशासन दिनु भन्दा तिनलाई दमन गरेर शासन गर्न उद्धत देखिन्छ।
जनता सबै का हुन जसले राम्रो काम गर्छ उनिहरु त्यही पार्टी लाई समर्थन गर्छन। चाहे त्यों एमाले, कांग्रेस वा माओबादी जनता लाई कुनै मतलब छैन। अतीत मा कांग्रेस लाई ठुलो पार्टी बनाउने पनी जनता नै हुन र आज माओबादी लाई ठुलो पार्टी बनाउने पनी उनै जनता हुन। सरकार को सामू गरीब, धनी, ठुलो, सानो सबै बराबर अनी बराबर कानून लाग्नु पर्ने हो तर यो जनता ले नचुनेको सरकार भएर होला ठूलालाई चैन र साना लाई ऐन भएको छ। हुनत फोहोर पनीले कपड़ा धोएर सुकिलो होला भनेर आश गर्नु मुर्खता शिबाय केही नहोला सुशाशन र निस्पछयता को आश गर्दै नगरे पनी हुने भयो अनी कुन मुख ले यो सरकारले जनता लाई कानून पालना गर्न लगाउने हो जब की मंत्रीहरु लाई गाड़ी फोड़े पनी कर्मचारी लाई झापड़ हाने पनी अनी जनता जिबनजल नपाएर मर्दा ६० लाख खर्च गरेर हिमालमा क्याबिनेट बैठक गरे पनी कुनै कानून ले नछुने सुकुम्बासिले बस्ने एक धुर जमीन माग्दा पुलिस दमन गर्नु पर्ने।
सरकार त जनता लाई रिझाएर खुशी बनाएर जनता को लागी जनता शाशित भएको अनुभूति दिन सक्नु पर्ने हो र किताब हरुमा मैले पढेको प्रजातन्त्र को परिभाषा पनी यही थियो तर यहाँ उही पुरानो कुरा दोहोरियो अंडा ठुलो की चल्ला ठुलो वा अंडा पहिले आयो की चल्ला पहिले को स्थिति मा हाम्रो समाज पुग्यो।