बेलायत को कार्डिफ शहर एउटा सुन्दर अनी मनोरम स्थान मा गनिन्छ/ बेलायत का टप टेन कार्डिफ विश्वबिद्यालय र वेल्श विश्वबिद्यालय यहाँ रहेका छन्/ सन् २००१ को शुरुमा ४ जना स्टाफ नर्स बाट नेपाली बसोबास सुरु भएको यो सहरमा कार्डिफ नेपाली परिवार ले यस शहर मा बसोबास गर्ने नेपाली लाई आलो पालो गरि भोज तथा भेला को आयोजना गर्दै साना नानीहरु लाई नेपाली संस्कृति र परम्परा को जानकारी र "हामी नेपाली" भन्ने भाबना जागृत गराउनु नै हाम्रो उद्देश्य हो/ कार्डिफ नेपाली परिवार कुनै व्यक्ति बिशेष लाई नेता बनाउन खोलिएको राजनीतिक पसल नभै स्वोतस्फुर्त रुपमा स्वास्थ्य र इन्जिनियरिंग फिल्ड मा काम गर्ने परिवार को सामुहिक प्रयास हो/ कति कुरा हरु मन को कुनामा गुम्सीएका हुन्छन तिन लाई अभिब्यक्त गर्ने ठाउँ नपाएर बगेका आँशु हरु लाई छर्ने एउटा खुल्लामंच को रुपमा यो ब्लग लाई कार्डिफ नेपाली परिवार ले लिएको छ । यथासम्भब हाम्रो सेरोफेरो मा हुने सूचना मुलक समाचार अनि एथार्थ मुलक कार्यक्रम लाई पनि कार्डिफ नेपाली परिवार ले स्थान दिदै जाने छ। तपाई का कुनै रचना र सूचना मुलक खबर अनी समाचार कार्डिफ नेपाली परिवार को यस ब्लग मा प्रकाशन गराउन चाहनु हुन्छ भने हामी लाई सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ/
No comments:
Post a Comment