Saturday, 5 December 2009

अंडा पहिले आयो की चल्ला पहिले?

कुरा म स्कुल पढदाको हो कुखुराको अंडा जेठो की चल्ला? हामी साथी बिच बिबाद नै चल्ने गर्थेयो। कोही अंडा नभई चल्ला हुदैन भन्थे त कोही चल्ला नभई अंडा कसरी हुन्छ भन्थे। यो प्रसंग मैले किन जोड़न खोजेको भने प्रजातान्त्रिक समाजमा को पहिला वा ठुलो जनता वा सरकार? सरकार त जनाताकै भोट ले बनेको हो। यदि यसो हो भने जनता को कर ले कीनेको गाड़ी फुटाउदै हिड्ने अनी कर्मचारी लाई झापड़ लगाउदै हिड्ने मंत्री लाई कुनै कार्यबाही वा सजाय नहुने, कानून को कुनै धारा ले छुदै नछुने। एक छाक खाना, एक सरो लुगा र एक धुर बस्ने ठाउ को माग गर्ने गरीब सुकुम्बासी लाई पुलिस ले गोली चलाई मर्नु पर्ने र उनीहरुलाई बन अतिक्रमण को कानून ले पनी छूने। कस्तो प्रजातन्त्र हामी ले अपनाएका रहेछौ त जहाँ कानून गरीब र निमुखा जनता लाई मात्रै लाग्ने। जनता ले चुनेको र निर्बाचित गरेको सरकार जनता प्रति उत्तरदाई हुनुपर्ने हो तर अफसोस भनौ वा अपबाद यो सरकार भने जनता बाट तिरस्कृत र हरुवा मंडली को भयो । जनता ले यो सरकारका अधिकांस मंत्री हरुलाई चुनेकै हैन ।यी त पार्टी ले टिका लगाएको भर मा जनताले चुनाबमा हराएर पठाए पनी मंत्री भएका हुन। सायद तेसैले होला यो सरकार अफुले कानून पालना गरेर जनता लाई सुशासन दिनु भन्दा तिनलाई दमन गरेर शासन गर्न उद्धत देखिन्छ।
जनता सबै का हुन जसले राम्रो काम गर्छ उनिहरु त्यही पार्टी लाई समर्थन गर्छन। चाहे त्यों एमाले, कांग्रेस वा माओबादी जनता लाई कुनै मतलब छैन। अतीत मा कांग्रेस लाई ठुलो पार्टी बनाउने पनी जनता नै हुन र आज माओबादी लाई ठुलो पार्टी बनाउने पनी उनै जनता हुन। सरकार को सामू गरीब, धनी, ठुलो, सानो सबै बराबर अनी बराबर कानून लाग्नु पर्ने हो तर यो जनता ले नचुनेको सरकार भएर होला ठूलालाई चैन र साना लाई ऐन भएको छ। हुनत फोहोर पनीले कपड़ा धोएर सुकिलो होला भनेर आश गर्नु मुर्खता शिबाय केही नहोला सुशाशन र निस्पछयता को आश गर्दै नगरे पनी हुने भयो अनी कुन मुख ले यो सरकारले जनता लाई कानून पालना गर्न लगाउने हो जब की मंत्रीहरु लाई गाड़ी फोड़े पनी कर्मचारी लाई झापड़ हाने पनी अनी जनता जिबनजल नपाएर मर्दा ६० लाख खर्च गरेर हिमालमा क्याबिनेट बैठक गरे पनी कुनै कानून ले नछुने सुकुम्बासिले बस्ने एक धुर जमीन माग्दा पुलिस दमन गर्नु पर्ने।
सरकार त जनता लाई रिझाएर खुशी बनाएर जनता को लागी जनता शाशित भएको अनुभूति दिन सक्नु पर्ने हो र किताब हरुमा मैले पढेको प्रजातन्त्र को परिभाषा पनी यही थियो तर यहाँ उही पुरानो कुरा दोहोरियो अंडा ठुलो की चल्ला ठुलो वा अंडा पहिले आयो की चल्ला पहिले को स्थिति मा हाम्रो समाज पुग्यो।

2 comments:

  1. मंसिर महिनाको यो जाडोमा रूखका पातको छानो बनाइ ओत लागेका सुकुम्बासी माथि सरकारले गरेको यो दमन जति भर्त्सना गरे पनि कम हुन्छ । अझ त्यसमाथि गोली चलाएर मान्छे मार्नेमाथि कार्बाहीको माग गर्नु त कता हो कता कसैको लोभमा परेर ज्यान गयो विचराको भनेर प्रचार गरिरहेका जनविरोधि मिडियाले पो सबैभन्दा निकृष्ट व्यवहार देखाइरहेका छन् त ।

    ReplyDelete
  2. मंसिर महिनाको यो जाडोमा रूखका पातको छानो बनाइ ओत लागेका सुकुम्बासी माथि सरकारले गरेको यो दमन जति भर्त्सना गरे पनि कम हुन्छ । अझ त्यसमाथि गोली चलाएर मान्छे मार्नेमाथि कार्बाहीको माग गर्नु त कता हो कता कसैको लोभमा परेर ज्यान गयो विचराको भनेर प्रचार गरिरहेका जनविरोधि मिडियाले पो सबैभन्दा निकृष्ट व्यवहार देखाइरहेका छन् त ।

    ReplyDelete