Saturday, 31 October 2009

पहिलो भेट-भाग ४ (धाराबाहिक कथा)

बिहान सबेरै मोबाइलको घंटी बज्यो कुमार हात मुख धोएर ड्यूटी तीर जानमात्रै लागेको थियो प्रेरणा ओछ्यान बाटै कुमार को हात समातेर दिनभरिको लागी भन्दै कुमार को गालामा चुम्बन गरिदीइन। कुमार ले दिनभरि मलाई तिम्रो माया को भोक लाग्ने छैन प्रिया भन्दै कोठा बाट बाहिरियो।
बिदेश को जागीर १२ घंटा लगातार खाटीनुपर्ने कम्ता अफ़्ठारो हुदैन तर पनी के गर्ने नेपालमा बस्नेले रुखैमा पैसा फलेको जस्तो गरी गर्ने ब्याबहार अनी घरको किस्ता, कर सबै को लागी पनी काम गर्रनै पर्ने। कुमार को मेहनत र लगनसिलता देखेर उसको अफिस ले उसलाई सुपरभाइजर बनाएको थियो। उता प्रेरणा पनी ठुलो पोस्ट मै काम गर्दै थिइन। समयलाई कसले रोक्न सक्छ र तर पनी हुने हार दैब नटार भने जस्तै एक दिन कुमारको अफिसबाट फ़ोन आयो प्रेरणाले आफ्नो मोबाइल उठाईंन " हेल्लो प्रेरणा बोल्दै छू " उता बाट अपरिचित मान्छेले भन्दै थियो " श्रीमती प्रेरणा तपाईको श्रीमान को बारेमा नराम्रो समाचार छ।" प्रेरणा हतास हुदै सोधिन "तपाई को बोल्नु भएको अनी के भयो कुमार लाई ?" उता बाट जबाफ आयो "मिस्टर कुमार ले नया मान्छे लाई तालीम दिदै हुनुहुन्थ्यो अचानक मेशिनले उहाको हातका औला काटिदियो।" प्रेरणा को होश हरायो फ़ोन राखिन अनी बिहान तिनै औलाहरु समातेर उनले कुमारलाई आफुतीर तानेकी थीइन अनी कुमार ले उनलाई चुम्बन गरेर गएको थियो अब ती औलाहरु रहेनन। उनी कल्पना बाट झल्यास्स भइन अनी "नाइ यो हुनैसक्दैन" भन्दै कुमार को अफिस तीर आफ्नो कारमा हुइकीइन।
क्रमश: अर्को शनिबार

Thursday, 29 October 2009

नेपाल को बर्तमान राजनितिक परिस्थिति


प्रजातन्त्रको खुल्ला उपहास गरिएको, हरुवाहरु र जनताबाट तिरस्कृत हरुले राज गरेको संसारको एक मात्र देश नेपालको बर्तमान राजनितिक परिस्थिति।
सौजन्य : फेसबुक

एन आर एन र राजनीती

संसारभर छरिएर बसेका नेपाली लाई एउटा सूत्रमा उनेर एकताको संदेश दिन कुनै संगठन को जरुरी थियो र त्यो सूत्र वा मालाको काम एन आर एन ले गरेकोमा संपूर्ण बेदेशीएका नेपालीहरु खुशी र हर्ष का साथ यसमा आबद्ध भएका थिए। म पनी तेस्तै जोस र उमंगका साथ आफू बसेको देशको एन आर एन मा समाहित भएको थिए। मलाई थाहा भए अनुसार यो बिसुद्ध गैरराजनितिक र गैरजातीय संगठन को रूपमा परिकल्पना गरी गठन गरिएको हो। न की एउटा राजनितिक वा जातीय पार्टी। मैले नबुझेको हो की यहाँ को चलन नै यस्तै हो एन आर एन को चुनाब रे कांग्रेस को ग्रुप अनी बाम ग्रुप रे ती पनी यहाँ खोलिएका नेपाल बिगार्ने भांग्रे नेता र तिनका पार्टीका भरियाहरू। यो पटक मिलेको रे तेसैले चुनाब नगरी सबै लाई मिल्ने गरी पद बाडेको रे जसरी नेपालमा भांग्रे नेताहरु जतासुकै जनताको सम्पति बांडेर खाने गर्छन वा पद बिभाजन गर्छन। खै स्वतंत्र र बौद्दिक साथी हरु यो संगठन मा देख्न्न पईएको। किन एन आर एन जून उदेस्य लिएर स्थापना भएको थियो यती लामो समय पार गर्दा पनी पुरा गर्न सकेन। उदार मन भएका उपेन्द्र वा जीबा लामिछाने को प्रयास ले मात्रै एन आर एन ले आफ्नो उदेश्य पुरा गर्न सक्ला?
नेपाल सरकार, नेता को भात पकाएकै भरमा राजदूत बनाएर पठाउछ र राजनितिक उदेश्य बाट अभिप्रेरित भुसतिग्रेहरु बिदेसमा आफ्नो पार्टी को संगठन बिस्तारमा सारा समय बिताउछन। न की देशको सम्बन्ध बिस्तार र आर्थिक सहयोग जुटाउन को लागी।
बेलायतमा नेपाली बिधार्थी को चाप बढ़ी रहेको छ। कतिले निक्कै दुख पाएका छन । के तिनिहरू प्रति हाम्रो कुनै उत्तरदायीत्वो छैन? पद को लागी हानथाप गर्ने महाशयहरु नेपाली ले नै खोलेको कलेज बन्द भएर अलपत्र परेका हाम्रा भाई बहिनी प्रति कस्तो उत्तरदायीत्वो देखाउने हुन हेर्न बांकी नै छ।
कम्तिमा पनी एन आर एन जस्तो पबित्र संस्थामा परैबाट गनाउने नेताहरु का बिदेशका भरियाहरु भन्दा नेपाल र नेपालीप्रति माया भएका स्वतंत्र र बौद्दिक बर्गको नेतृत्व पाऊन सके बिदेशमा नेपाल र नेपालीको इज्यत र छबि राम्रो हुने थियो जस्तो मलाई लग्छ। यसका लागी एन आर एन को बिधानमा खुल्ला रुपमा कुनैपनी राजनितिक वा जातीय पार्टी को भातृसंगठनमा नेपाली नेता का भरिया भएर काम गरिरहेका राजनितिक छबि भएका र एन आर एन लाई राजनितिक रूपमा प्रभाब पार्न सक्ने हुदा स्वोतन्त्र र बौद्दिक जमात लाई यसको नेतृत्वो को जिम्मेबारी दिनेगरी प्राबधान राख्न्नु जरुरी छ। जसले गर्दा एन आर एन लाई एउटा गैरराजनितिक र गैरजातीय संस्था को रुपमा हेर्न सहयोग पुग्नुका साथै बिदेशमा यसको छबि निकै माथि उठने थियो। अन्नेथा म जस्ता कुनै पनी राजनितिक दलको दलाल वा सदस्य नभएको ब्यक्ति एन आर एन मा समाहित हुनु ग़लत हुने छ।

Sunday, 25 October 2009

ब्रिटेन भित्र को सानो नेपाल (दशैं तिहार पार्टी)

बेलायत/कार्डिफ, नेपालीहरु को संगठन वेल्स नेपाली समुदाय ले यही २४ अक्टोबर २००९ का दिन एकमुस्ट दशैं र तिहार को पार्टी आयोजना गरी कार्डिफ वरपर बस्ने नेपाली लाई नेपाली गीत संगीत, कबिता ले मनोरंजन दिदै स्वदिस्ट नेपाली परिकार ले नेपाल को झझ्लको दिएको थियो ।
कर्यक्रम श्री चित्र बहादुर राइ को सभापतित्वो मा भएको थियो । यस समुदायका संस्थापक सदस्य श्री महेश देवकोटा ले कबिता बाचन गर्नु भएको थियो भने श्री शिवजी श्रेष्ठ ले संस्था को बारेमा बोल्नु भएको थियो। श्री रोशन भट्टराइ को उधघोषण रोचक थियो।
बेलायत का लगी नेपाली राजदूत श्री झपिन्द्र प्रसाद अर्याल ज्यू प्रमुख अतिथि को रूपमा उपस्थित हुनुहुन्थ्यो। चित्र बहादुर राइ , महेश देवकोटा र शिवजी श्रेष्ठ को सौजंन्य बाट कार्यक्रम मा राफल चिठा ले अरु रौनक थपेको थियो।
कार्यक्रम का केही झलकहरु (फोटो ठुलो पारेर हेर्न फोटोमै क्लिक गर्नुहोला )

संस्था का संस्थापक सदस्य श्री महेश देवकोटा कबिता बाचन गर्दै।

हाम्रो पहिचान हाम्रो नेपाली पोसाक

बेलायत का लागी कर्यबाहक राजदूत श्री झबीन्द्र प्रसाद अर्याल संग

बेलायत का लगी कर्यबाहक राजदूत श्री झबीन्द्र प्रसाद अर्याल संग






नेपाली परिकार मुखनै रसाउने


संस्थाका संस्थापक अध्यक्ष श्री चित्र बहादुर राइ


कार्यक्रममा उपस्थित नेपाली जनसमुदाय

Friday, 23 October 2009

पहिलो भेट भाग-३ (धरबाहिक कथा)

नआउने ठाउ मा आए जस्तो लागिरहेको थियो प्रेरणा र कुमार लाई यतिकैमा कुमार ले प्रेरणा लाई बाहिर निस्कन संकेत गर्छ। दुबै बाहिर निस्केपछि यसो बोर्ड मा हेरेका त क्लब सिंगल हरु को लागी पो रहेछ। क्लब का सबै जाना आफ्नो जोड़ी खोज्न आएका रहेछन। रातको १२ बजिसकेका ले दुबै जाना घर फर्किन्छन। "हामी संस्कार अनी पूर्बिया कल्चर मा हुर्केका हरुलाई नहुने रहेछ हजूर यस्तो ठाउ।" प्रेरणा कुमार संग गुनासो गर्दै थिइन। "हो त हाम्रो आफ्नै चिनारी र हामी अनुशासित छौ।" कुमार सहमति जनाउछ प्रेरणा को कुरामा। भोली काममा जानुपर्ने भएकाले निंद्रा देबी को शरणमा पर्छन। भोली फेरी दैनिक रूटीन शुरू हुन्छ। उही त हो नि काम, घर अनी छोरा छोरी बिदेशको ठाउ सहयोग गर्ने कोही छैन सबै आफै मिलाउनु पर्छ। "नेपालमा बाबा आमा लाई नाती नतिना खेलाउने कत्रो रहर एता हामी लाई भ्याइनभ्याइ" कुमार सोच्दासोच्दै निदाई सकेछ।
क्रमस.........अर्को शनिबार ।

Thursday, 22 October 2009

तिहार

दीदी बहिनीको यादले सतएको बेलामा,
आँखा भरि आँसु छल्किएको छ ।
रुवाइका हिक्काहरु को गाँठो परेको बेला,
दशैँको पीडा सकेर हिजो आज यो तिहार फेरी,
बहिनी तिम्रो याद दिलाउन देउसी भैलो खल्दै भित्रिएको छ ।
बिदेशको पीडाभरि दुखिरहेको मनहरुमा
हरेक तिहारहरुमा सयपत्री र मखमली
मन भित्रै ओइलाईरहन्छ।
सम्झिएर आफ्ना दीदी बिहानीहरुलाई
पुर्ब दिशा फर्काएर राखिएको गलैचा माथि
दाजुभाई पलेटी कसेर बसेको
यमराजलाई बाटो छेक्न, दैलोमा ओखर फुटाएको आवाज
कानमा प्रतिध्वनि बनेर गुन्जिरहेको छ
हरियो गोबर ले लिपेको भुइमाथी रेखीले कोरीएका बुट्टाहरु ,
थालीमा सप्तरङगी टीका,
अनी रङगाइएका कलशहरु,
किस्तिभरीका किसमिस सँगैसेलरोटी र मिठाई स्वादहरु,
ढाकीभरि चुलिएका सयपत्री र मखमलीका माला हरु,
राष्ट्रियता झल्काउने ढाकाका टोपीहरु,
आफनोपनको न्यानोमाया झल्काउने,
गलैको गलबन्दी म कसरी बिर्सनु,
अनुभूतिहरुमा यो तीहार दुखी रहे पनि
दीदी बहिनिका आर्शिबादका बर्षाहरु,
आरोग्य र दीर्घायुका भेलहरु भाबना संग सजाउदै
कार्डिफ वरीपरी छरिएका नेपाली दीदी बहिनिहरुलाई तिहार को शुभकामना !!!

Wednesday, 21 October 2009

तिहार को भेला र पार्टी 2009

बेलायत / कार्डिफ,
हिन्दूहरु को महान चाड भाई टिका कार्डिफ मा बसोबास गरिरहेका सम्पूर्ण देश का हिन्दू हरु बिच दीपावली गरेर १८ अक्टोबर २००९ को रात भब्यता का साथ मनाइयो। उक्त अबसर मा नेपाल, भारत, श्रीलंका, मलेसिया र बेलायत का हिन्दू धर्म प्रति आस्थाबान हरु को उपस्थिति थियो। नाचगान तथा साना नानी हरु ले तिहार को बारेमा बोलेका थिए। मध्यरात भएपछी पटाका र आतासबाजी गरिएको थियो। बिश्वभरी का हिन्दुहरू एक हुनुपर्नेमा सबैले जोड़ दिएका थिए।कार्यक्रम Llantrisant को Three Saints Hotel मा भएको थियो।


पार्टी का केही रमाईला झलकहरु, फोटो ठुलो पारेर हेर्न फोटो मै क्लिक गर्नुहोला।














Friday, 16 October 2009

तिमी ठुली भएकी छौ रे !!!

सुनेको छु तिमी ठुली भएकी छौ रे ।
देख्दै मात लाग्ने तरुनी भएकी छौ रे ।
मलाई दीइसकेको मन अन्तै साटेकी छौ रे ।
तिम्रो छाडेको केश मलाई राम्रो लाग्थ्यो
त्यसैले अर्काको लागी आजकल बाटेकी छौ रे।
मेरो अगाडी ठीक्क बनी,
मेरो पछि अर्काकै हात समाएकी छौ रे।
मलाई छाडेपछी त आजकल ,
सड़क मै आफुलाई बेच्न थालेकी छौ रे ।

पहिलो भेट (धाराबाहिक कथा) - भाग-२

" बिदेशी भूमि छिरेको पनी १० बर्ष नाघीसकेछ।" कुमार मनमनै फुस्फुसायो। "अरु बेला जे जस्तो भए पनी चाडबाडको बेला मा आफ़न्तको याद ले सताउने।" प्रेरणा गुनासो गर्दैथीइन। उनीहरुलाई एउटै चिन्ता छोरा छोरी ले आफ्नो सस्कृति अनी सस्कार बिर्सने हुन की भन्ने छ। आफ्नो जन्मभूमि र इस्टमित्र संग टाडा हुनुको पीडा त छदैछ। आज सुक्रबार बाहिर बाटो अनी रेस्टुरेंट मा निक्कै चहलपहल छ। केटीहरु छोटो लुगामा उत्तेजक बनेर हिडीरहेका छन भने केटाहरु उनीहरुलाई फकाउने प्रयास गर्दै छन। हफ्ताभरी काम गरेयो अनी सुक्रबार र शनिबार सबै पैसा सक्यो। न चिन्ता न परिवार १८ बर्ष भएपछि अभिभाबक ले बोल्नै नपाउने। कुमारलाई अझै याद छ एउटा स्पेलिंग गल्तीगर्दा अंग्रेजी सर ले गोर्खे लौरी तेर्साएको। बस्ने घर देखि काम नापाउदा खान दिने जीम्मा सरकारले लिए पछि हुन पनी कीन चिन्ता मानीरहनु।
"कती घर मै बसी रहनु हामी पनी जाऊ क्लब।" प्रेरणा को आग्रह कुमार लाई पनी ठीकै लाग्यो आज सम्म उनिहरु क्लब गएका छैनन। उनिहरु शहरको ठुलो क्लब मा गए सबै चर्को संगीतको धुन संगै नाचिरहेका छन। सबै को हातमा गिलास छ। रक्सी ले मातेका केटीहरु लगभग नाँगै छन भन्दा हुन्छ। उनीहरुपनी बीयर किनेर पीउन थाल्छन। यतिकैमा एउटी गोरिनी केटी कुमार लाई अंगालो हाल्न आइपुग्छे। प्रेरणा को अगाडी कुमार लजाउछ तर केटी संगै नाच्न अनुरोध गर्छे। प्रेरणा ले स्वीकृति मूलक टाउको हल्लाएपछी कुमार गोरिनी संग नाच्न जान्छ। केटी कुमार लाई छातिमा कसेर नाच्न रमाइलो मानिरहिछ। कुमार लाई असहज लागीरहेछ केटी ले आफु लाई त्यसरी दलेको। कुमार लाई पत्तै थिएन प्रेरणा पनी गोरे केटा संग नाचिरहेको। केटी ले कुमार लाई बेस्सरी समाउछे अनी मुखमा चुम्बन गर्दै बिस्तारै फुस्फुसाउछे " प्रिय त आज को रात म संग जान सक्छस ?"
कुमार मनमनै सोच्छ सायद केटा ले पनी प्रेरणा संग यस्तै सोधी रहेको होला। यता केटी भने उसलाई एक रात को लागी जान अनुरोध गर्दै थी।
(अब के होला? बांकी अर्को शनिबार )

Saturday, 10 October 2009

भारतीय सिने उधोग र नेपाली राजनितिक उधोग

भारतीय आर्थिक संसारमा ठुलो योगदान पुराउने सिने उधोग र नेपाल लाई संसार को गरीब देश को रुपमा चिनाउने नेपाल को राजनितिक उधोग का हस्ती हरुलाई तुलनात्मक रुपमा हेर्दा को कुन स्थानमा र कसको जोड़ी को संग मिलाउन राम्रो होला त? एउटा समानता भने पक्का पाउन सकिन्छ " नाताबाद" प्रायजसो हीरोहरुका की बाऊ हीरो थिए की निर्देशक वा निर्माता। नेपाल को राजनितिक उधोगमा पनी की त नेताका नातेदार जीएम हुन्छन् की त नेता। मैले सुजाता कोइराला वा नेपाली कांग्रेस को मात्रै कुरा गर्न खोजेको होइन, एमाले र माओबादी पनी यस प्रसंगमा कम देखिदैनन फरक यती हो कोइराला परिवारमा शाह बंशीय परम्परा देखिन्छ। नत्र सुजाता र पारस मा तात्त्विक फरक के नै छ र? गिरिजा को प्रभाब राजनितिक उधोगमा कायमै हुनाले जर्मन पलाएंन भएर बिदेशीको ओछयान भैसकेकी , लाउडा कान्ड की नायीका उनी मंत्री बनिन भने ज्ञानेन्द्रले प्रभाब गुमाएकाले पारस पलाएंन।
अमिताभ बच्चन छोरा हीरो, श्रीमती र बुहारी हिरोइन। बुढेसकालले छोपीसकेयो तर पुरानो जींन्स र दश बटा चैन भएको कोट लगाएर छोरा, बुहारी संगै उफ्रीन उनलाई कसले भेटने बिल्कुल हाम्रो राजनितिक उधोग का हस्ती गिरिजा प्रसाद कोइराला जस्तै जनताले मन पराओस नपराओस। नेपाली कांग्रेस सदस्यहरु उर्फ गिरिजाका प्रजाहरु उनको बिरोधमा बोल्ने हिम्मत गरनै सक्दैनन। कती बलिदान गरेका नेताहरु हुदा हुदै कीन सुजाता किनकी अरु सबैबा गिरिजको दास बन्ने मनोबृति र गिरिजा की छोरी हुनुनै सुजाता को ठुलो योग्यता। तेसैले नेपाली राजनितिक उधोगमा गिरिजा को मोल अमिताभ भन्दा कम छैन।
माधब नेपाल लाई राज बब्बर संग मित लगाउदा मिल्दो जुल्दो हुन्छ। दुबै आआफ्नो छेत्रका असफल पात्र चुनाब नै नजिती प्रधानमंत्री हुने माधब नेपाल र कहिल्लै हिट नभए पनी हीरो हुने राज बब्बर। उनको कुरा कती गर्नु आधुनिक प्रजातंत्रको गजबको उपहास। यसमा पनी उनै गिरिजा कै प्रभाभले काम गरेको छ।
आजकलका जल्दाबल्दा हीरो शाहरुख खान को कुरा गरौ गरीब परिवार बाट भारतीय सिने उधोगमा प्रबेस गरेका रे , हिन्दू नारी संग बिबाह गरेर परिबर्तन को संदेसपनी दिएका रे, उनको अभिनय सुहाउछ पनी, उमेरकै पनी छन। प्रचंड उर्फ पुष्प कमल दहाल लाई के शाहरुख संग तुलना गर्न मिल्ला? फोहोरी पार्टीहरुले आर्थिक रूपले असफल बनाएको राजनितिक उधोग बाबुरामले सफल बनाउलान त? आश गरौ भर भने नपरौ। शाहरुख को हिट फ़िल्म त धेरै हेरियो तर असफल नेताहरु को मुख बाट सुनिने गरेको नया नेपाल उर्फ हिट नेपाल कहिले हेर्न पाइने हो।

Friday, 9 October 2009

पहिलो भेट ( धाराबाहिक कथा)

(हरेक सनिबार धाराबाहिक कथा 'पहिलो भेट' प्रकाशित गर्दै जानेछौ )
उसले प्रेरणा को कोमल हात समायो अनि त्यो एकान्त कोठा मा उनका औलाहरुमा एउटा चुम्बन गरेको मात्र के थियो प्रेरणा पानी पानी भइन। अनायासै दुबैका दिल तेजसंग धड्किन थाले। सजिलै अनुमान गर्न सकिन्थ्यो त्यो तातो बाताबरणको। यतिकैमा उनीहरुलाई होटलको कोठामा भेटने बाताबरण मिलाईदिएर बाहिर बसेका साथी प्रकाश र गोमा को कोठा मा प्रबेश संगै उनिहरु बिच तातेको राप हीऊ जस्तै चिसो भएर सेलाउछ।
"दुबै लाई एक अर्को कस्तो लाग्यो त?" गोमा को प्रश्न संगै दुबै ले टाउको स्वीकृति दिदै हल्लाउछन। कुमार लाई अझै पनी याद छ उसको र प्रेरणा को पहिलो भेट यसरी नै भएको थियो। परिवार को जेठो छोरा, भाईहरुले प्रेम बिबाह गरेकाले र जेठो छोराको बिबाह गर्न बाकी भएकोमा चिन्तित बुवा आमा को जन्ति जाने इच्छा पुरा गर्नु उसको दाइत्वो बनेको थियो।
देख्दैमा लोभ लाग्दी सुन्दर प्रेरणा लाई नै आफ्नो जीबन साथी बनाउने कुमार ले प्रण गरिसकेको थियो। प्रेरणा का बुवाले छोरीको फोटो र एउटा चिठ्ठी दिएर होस्टल बसेर नर्सिंङ पढ्दै गरेकी अफनी छोरी संग बिबाह को अनुमति लीन अनि एक अर्को लाई हेर्न पठाएका थिए। केटा र केटी को स्वीकृति भएपछी बिबाहको कुरा अगाडी बढन के बेर भयो र। भन्छन नी "मिया बिबी राजी तो क्या करेगा काजी" यस्तै भयो उनिहरु को जिबनमा पनी। प्रेरणा की आमा लाई त्यति मन परेको थिएन भने बुवा लाई भने मन परेको थियो कुमार । प्रेरणा ले सम्झाएपछी आमा मान्नु भएको थियो।
आज १२ साल बितिसकेछ प्रेरणा र कुमार को मुटु साटिएको। समयका कैयौ उकाली ओराली अनी सुख दुख पार गर्दै बिदेशी भूमीलाई आफ्नो कर्म भूमी बनाएका उनिहरु एक अर्का लाई आफ्नो बनाउंन पाएकोमा भाग्यमानी सम्झंन्छ्न। आफ्ना सन्तानको हसिलो अनुहार हेर्दै दुबै फिस्स हांस्छन।
क्रमस:

Wednesday, 7 October 2009

धोका


मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे,
रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे,
दु:खमा रुनु हुँदैन रे, सुख मा हास्नु हुँदैन रे,
आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे,
जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिलीरहोस
समयले जति नै टाढा पुर्याएपनि अबिरल यादहरु आईरहोस

तिमीसँग मैले फूल मागें, तिमीले मलाई भूल दियौ ।
एक चोटि होइन, लाखौं पटक मागें यसै होइन, हात जोडी मागें,
निहुरेर मागें, ढोगेर मागें, मलाई तिमीले श्राप दियौ ।
लेखेर मागें, चिच्याएर मागें, जोगी भै मागें अनि भोगी भै मागें,
तिमीसँग मैले रोगी भै मागें ।
उपहास दियौ, अन्धकार दियौ, अब कहिल्यै नखुल्ने ढोका दियौ,
तिमीले मलाई धोका दियौ ।

तिहार

नारोऊ मेरी बहिनी माईती टाढा भयो भनेर,
अतीतका यादहरु सजाउदै तिम्रो दाजू पर्खिरहेछ।
सप्तरंगी टिका अनी सयपत्री रोप्दै गर बहिनी ,
तिम्रो दाजू एक दिन अबस्य आउनेछ टिका थाप्न।
हसिदेऊ तिहार तीमी मेरो अनुपस्थितिमा,
मिठो हाँसो बनेर मेरो दिदि बहिनी को ओठमा।
शन्देश दिदै फक्रीदेऊ सयपत्री अनि गोदाबरी तिमि,
हाँसेकै छ, बाँचेकै छ तिम्रो माइती यहि संसारमा भनेर।
जुन पनि उनै हुन घाम पनि उनै,
तिम्रो मईती भेटेथे भनिदेउ मेरो चेलीलाई।
हामीलाई छुटाउने महासागर भनिदेउ,
तिम्रो माइती पल्लो किनारमा छ भनेर।

Sunday, 4 October 2009


न म तिम्रो ह्रदय मा बास बस्ने राजकुमार ,
न म तिम्रो धड़कन संगै धड़कीने याद,
म त केबल चोटै चोट बनाई,
तीमीले प्रयोग गरी मील्काएको पागल।

न म मेरो यादमा तीमीले बगाएको आँशु,
न म तिम्रो हृदयको ढुकढूकी,
म त तीमीले चिन्न नसकेको आत्मा,
बलेर आगो भै सेलाएको खरानी ।

न म तिम्रो ओठ मा गुनगुनाउने मिठो गीत,
न म तीमीलाइ नचाउन सक्ने सुमधुर संगीत,
म त तिमीले बजाउन छाडेको,
बिणा को चुडीएको तार ।

न म तिम्रो जीबन को सफल कथा,
न म तिम्रो मन को सुन्दर कल्पना,
म त तिमीले पढनै छाडेको,
तिम्रो कथा को एउटा असफल पात्र।
अस्तु

Friday, 2 October 2009

कुकुर को पुच्छर (Dog's Tail)

३ अक्टोबर २००९ ,
हाम्रो आगनी बाट दशैं ले भर्खर मात्रै बिदा लिएको छ भने दीपावली (भाई टिका ) देउसी भैलो खेल्न तयारी गर्दै छ । यसै प्रसंग मा मलाई कुकुर तिहार को याद आयो अनी कुकुर को पुच्छर कस्तो रमाइलो १२ साल ढूङ्ग्रा मा हाले पनी कुकुर को पुच्छर बांगा को बाङ्गै। होइन होइन मैले यो उखान किन जोड़न खोजे को भने हामी भीत्र के यस्तो बिषेष्ता छ जस ले गर्दा बिदेश मा पनी हामी राजनीती अनी जातनिती ले पट्कै नछाड्ने। हुन त बेलायत बसेर नेपाल को राजनीती चलाउंन खोज्ने, नेपाल बाट भान्ग्रे नेता बोलाएर तिन्कै साडी र कट्टु को बखान गरेर बेलायत मा नेता बन्ने अभिषप्त्त राखने महाशय हरु को पनी कमी छैन। हुन त कति को राजदूत हुने दाऊ होला, कति को नेपाल मा आफ़न्त लाई जी.एम वा सरकारी जागीर खुबाउंने दाऊ होला। तर कृपया तपाईहरु को दाऊ ले हामी नेपाली लाई यो बिदेशि भूमि मा बिभाजित नगर्दा नै राम्रो हुने थियो। यदि होइन भने हामी यती थोरै नेपाली लाई एउटै NRN काफी छैन र? के का लागी हामी दश टुक्रा मा बडिनु ? किन चाहियो राजनीती र जातनिती ? हामी नेपाल लाई माया गर्ने मात्र नेपाली हौ। यदि नेपाल को चिन्ता भएर नै हो भने नेपाल मै बसेर राजनीती गर्दा हामी लाई बिदेश मा बाडिनु पर्ने थिएन ।
नजिक आई रहेको दीपावली को शुभकामना भन्दै यो कुकुर तिहार देखि हाम्रा भान्ग्रे नेता का भरिया हरु को पनी पुच्छर सीधा हुने आशा राख्दै सबै बेलायत बासी नेपाली लाई NRN को ब्यानर मा लामबद्ध हुन अनुरोध गर्दै हामी लाई बिदेश मा पनी राजनीती र जातनिती को नारा ले बिभाजन गर्न खोज्ने साथी हरु लाई पबित्र मन ले एकताबद्ध हुनुहुनेछ भन्ने आशा छ।

Thursday, 1 October 2009

दशैं को पार्टी

नेपाली भेला











२२ /०८ /२००९ कार्डिफ,
बेलायत को प्रमुख शहर मानिने कार्डिफ मा नेपालीहरु को बसोबास को इतिहास हेर्दा सन २००२ साल बाट ४ जना नर्सहरु र उनका परिवार बाट शुरू भएको थियो / पुराना दिन को याद गर्दै नर्सिङ मेनेजर श्रीमती कला देवकोटा भन्नुहुन्छ "हामी चारै जना एउटै कोठामा बस्थेउं यसरी शुरू भएको नेपाली बसोबास यती धेरै भेला हुन पाउंदा नेपालै गए जस्तो भएको छ" / उक्त भेलामा २०० जना को उपस्थिती थियो र सो भेला ले एउटा १३ सदस्यीय प्रथम कार्यसमितिको पनि चयन गरेको छ। उक्त भेलामा नेपाली खानाको स्वाद तथा नेपाली नाचगान द्वारा भरपुर मनोरन्जन प्रदान गरिएको थियो।
भेलाका केहि झलकहरु