बिहान सबेरै मोबाइलको घंटी बज्यो कुमार हात मुख धोएर ड्यूटी तीर जानमात्रै लागेको थियो प्रेरणा ओछ्यान बाटै कुमार को हात समातेर दिनभरिको लागी भन्दै कुमार को गालामा चुम्बन गरिदीइन। कुमार ले दिनभरि मलाई तिम्रो माया को भोक लाग्ने छैन प्रिया भन्दै कोठा बाट बाहिरियो।
बिदेश को जागीर १२ घंटा लगातार खाटीनुपर्ने कम्ता अफ़्ठारो हुदैन तर पनी के गर्ने नेपालमा बस्नेले रुखैमा पैसा फलेको जस्तो गरी गर्ने ब्याबहार अनी घरको किस्ता, कर सबै को लागी पनी काम गर्रनै पर्ने। कुमार को मेहनत र लगनसिलता देखेर उसको अफिस ले उसलाई सुपरभाइजर बनाएको थियो। उता प्रेरणा पनी ठुलो पोस्ट मै काम गर्दै थिइन। समयलाई कसले रोक्न सक्छ र तर पनी हुने हार दैब नटार भने जस्तै एक दिन कुमारको अफिसबाट फ़ोन आयो प्रेरणाले आफ्नो मोबाइल उठाईंन " हेल्लो प्रेरणा बोल्दै छू " उता बाट अपरिचित मान्छेले भन्दै थियो " श्रीमती प्रेरणा तपाईको श्रीमान को बारेमा नराम्रो समाचार छ।" प्रेरणा हतास हुदै सोधिन "तपाई को बोल्नु भएको अनी के भयो कुमार लाई ?" उता बाट जबाफ आयो "मिस्टर कुमार ले नया मान्छे लाई तालीम दिदै हुनुहुन्थ्यो अचानक मेशिनले उहाको हातका औला काटिदियो।" प्रेरणा को होश हरायो फ़ोन राखिन अनी बिहान तिनै औलाहरु समातेर उनले कुमारलाई आफुतीर तानेकी थीइन अनी कुमार ले उनलाई चुम्बन गरेर गएको थियो अब ती औलाहरु रहेनन। उनी कल्पना बाट झल्यास्स भइन अनी "नाइ यो हुनैसक्दैन" भन्दै कुमार को अफिस तीर आफ्नो कारमा हुइकीइन।
क्रमश: अर्को शनिबार







